उपर्युक्त सम्बन्धमा यस विद्यालयबाट कक्षा १२ नियमिततर्फको (रजिस्ट्रेसन नम्बर सुरुका दुई अङ्क ८२ भएका) परीक्षामा सहभागी भई एक वा दुई विषयमा NG (Not Graded) प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूको मौका परीक्षाको फाराम खुलेको हुँदा सम्बन्धित विद्यार्थीहरूले निम्नलिखित सर्तहरू पूरा गरी यही मिति २०८३ साल असार १८ गतेभित्रमा अनिवार्य रूपमा परीक्षा फाराम भरी परीक्षा शाखामा बुझाउनका लागि सूचित गरिन्छ ।
सर्तहरूः
१. परीक्षा फाराम शुल्क रू ९०० (नौ सय मात्र) बुझाउनुपर्नेछ ।
२. हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो उपलब्ध गराउनुपर्नेछ ।
३. परीक्षा फाराममा नाम, जन्ममिति, रजिस्ट्रेसन नं., विषय र विषयकोड शुद्घसँग उल्लेख गर्नुपर्नेछ ।
४. कक्षा १२ को ग्रेडसिट (नेट कपी) अनिवार्य बुझाउनुपर्नेछ ।
५. कक्षा १२ को शुल्क बुझाउन बाँकी भए सो शुल्कसमेत अनिवार्य बुझाउनुपर्नेछ ।
नोट: कक्षा १२ को परीक्षाफलमा प्राप्त गरेको कुनै पनि विषयको ग्रेड चित्त नबुझेमा Retotaling का लागि मिति २०८३ साल आषाढ १२ गते सम्ममा National Examination Board को वेबसाइड www.neb.gov.np मा गई Online form भरी प्रति विषय रू १०००/– का दरले Retotaling online form भर्न सकिनेछ ।