Untitled Document
 
Marquee Congratulations to all the Koshi SLC Graduates.   10 A+, 29 A, 43 B+, 10 B. Admission Open For Grade XI. Entrance Examinations: Monday, 13th Asad, 2073. Time : 8:00 am.
Koshi Readers/Writers' Circle
 Introduction/Objective

Founded in the month of Poush, 2065 (January,2009) by the Departement of English, Koshi Saint James College, Itahari, Koshi Readers/Writers' Circle(KRWC) places its primary focus on enlightening act of reading and writing. That books broaden mental horizon of an individual is an undeniable truth. KRWC is well aware of this and is committed to providing the readers with an environment conducive to reading. It also aspirers to promote through various means the teachers and the students' literacy creative taste for writing, and ultimately contribute to literature. In broad terms KRWC seeks to achieve the following objectives:

a.) Encourage both the teachers and the students to cultivate the habit of
     reading books.
b.) Disseminate their findings.
c.) Promote their creative taste for writing.
d.) Instill into them the ideals of humanity.
e.) Develop an intellectual and analytical faculty of the readers.
f.) Help create a responsible member in the society.

To achieve the said objectives, KRWC aims to undertake the following initiatives:

a.) Organize regular poetry and other literary reading sessions and talk
     programmes.
b.) Introduce a literacy wall magazine full of creative and critical writings.
c.) Facilitate the beginners' learning and writing.
d.) Publish selected writings on the web-zine.
e.) Coordinate programmes for sharing of individual impression of reading among
     KRWC members.
f.) Organize occasional literacy deliberation from acclaimed and enlightened
     guests.
g.) Organize transcreation/translaion sessions.
h.) Recommend quality writings for publication in magazines and papers.

EnglishSection

Poem 1: "Punishment" -Manu Manjil
Punishment
                -Manu Manjil

You howled at me till my heart
Cracked.
Stoned my window
Till it fell to the ground.
Then, as you went away
Leaving me alone,
I thought of plans to punish you.

Much later I met you once
Shivering in the frost to the point
Of collapse,
Next time as we came across
You were burning in the Baisakh sun.
For a time again you were at a height
Crawling close to the peak of pain.
Yet again I caught sight of you
Going downhill
Like rolling tears.

I remember seeing you escape from yourself
In the city's narrow streets.
I remember you loitering around, too,
A sheer bankrupt, after selling dreams.
A devotee without land
To grow a flower for the God,
A father without a leaf
For your dear baby crying for toys,
I remember you, man, going utterly mad,
Joining the rowdiest mobs,
Shouting the loudest slogans.

Just a year ago you were seen
Being chased
Till close to life's end by the armed State.
A time later you were seen again running to death with
Rebels at your heels.
Everywhere, O unfortunate man!
I've seen your soul bleeding.
Roads stabbing feet of yours,
And, life killing you!

In this cruelest of ages,
In theese most choking hours,
My god! tell what penalty
Could befit this foe-
If not the heart's generosity
To let him live?
For so long what an utter fool
I have made myself
By thinking and thinking of ways
To punish you!

Nepali Section

कविता १ –"त्यो भिजेको रात" -विशाल कार्की

"त्यो भिजेको रात"
                     - विशाल कार्की
                       वी.एड. (प्रथम बर्ष)

आयो हुरी वर्षा लिएर मेरो जीवनमा
भिजाएर गयो मेरा कल्पनाका महल
काँपिरहे मेरा घरका भित्ताहरु
म समाउने आधारको खोजीमा यता उता दौँडिरहे

केही समय पश्चात वर्षा लिन भयो
चट्याङ्ले प्रतिबिम्ब लिएर गयो मेरो स्वरुपको
म निधारबाट बघेका मोतीलाई भुँइमा पछार्दै
उज्यालोको खोजीमा क्षितिजबाट जू्नलाई डाकेँ

त्यो रात न जून आयो न चाँदनी
केवल विरहको गीत हावाको बेगसँगै बहिरहयो
टाल्न खोजेँ मेरा चुहिएका महलका भित्ताहरु
एक्कासी हावाको पहिरो आयो र मेरो घरको छानो लिएर गयो ।

कविता २ – "हराउँदै छन्" - आर्यन नेपाल

"हराउँदै छन्"
                     - आर्यन नेपाल
                        वीएड (प्रथम बर्ष)

रोदीघरको छमछमी त परै जाओस्
मादलुको घिन्ताङ पनि हरायो अब
सारङ्गीको के कुरा गर्नु
नौमती त झन् परपर
डम्फुले गरेन डमडम यहाँ
नरसिंहा सुतेछ अब
लोकभाका बर्साईँ स-यो अरे
बिनायो हिँड्यो रे विदेशतिर
मुर्चुङ्गा हिँजै म-यो भन्थे
दौरासुरुवाल फाटेछन् यहाँ
ढाका टोपी त कहाँ हो कहाँ
गुन्यूँ चोली म्युजियम भरि
पछ्यौरी झन् हावामै सरर
पटुकीलाई बिर्सिएर
कट्टु-भेस्टमा हाम्रा कान्छीहरु
डान्सवार, रेस्टुरेन्ट धाउन थाले अब
मेलापात, गुन्द्रुक-ढिँडो अनि ढिकी जाँतो
भूले सबले किन पथ्र्यो अब यसको खाँचो
साहिँला, काहिँला गितार रेट्छन्
जेठा, माहिँला ड्रमसेट
हराउँदै छ आफ्नोपन केलाई गर्ने सेट
सकिए आफ्ना रीतिपरम्परा
विदेशी बने हाम्रा सभ्यता
नाङ्गोपन नै रहेछ हाम्रो धन
अँ विदेशाय नमोनमः

कविता ३ –"बाच्नलाई संघर्ष" - गीता ढकाल

"बाच्नलाई संघर्ष"
                     - गीता ढकाल
                        १२ 'डि'

कस्तो रहेछ जीवन मेरो अभावै अभावमा जिउनुपर्ने
एक मुठी सास अल्झाउन पनि रातदिन आँशु पिउनुपर्ने
खानलाई छैन एक गाँस, बस्नलाई बास
किन यसरी तड्पाउँछौ भगवान् , रोकिदेऊ मेरो सास ।

चाहिँदैन मलाई यो स्वार्थी संसार
खोसिन्छ भने मेरो नैर्सर्गिक अधिकार
कहाँ रहयो त मेरो मानव अधिकार
सभा गोष्ठीमा खोक्रे भाषण गरेको पनि धिकार
बन्दैछन् यदि जनता भने भोकमरीको सिकार ।

त्यसैले छोडिदेऊ मानवअधिकारकर्मी गर्न खोक्रे भाषण
बिउँझ सबै जनता अब ल्याउन गणतान्त्रिक शासन
आफू बाँची अरुलाई पनि बचाऔँ, भन्ने मूल मन्त्र लिएर
उठ्नु पर्छ पीडित जनता, बस्नुहुन्न सधै आँशु पिएर ।

कविता ४ – "नबिकेको कविता" - शिष्टता पोखरेल

"नबिकेको कविता"
                     - शिष्टता पोखरेल
                       ११ 'ए'

गाँउ-गाँउमा
बस्ती-बस्तीमा
सहरका ती टोलटोलमा
सबैतिर धाँए म,
तर अहँ
पटक्कै, मेरा कविता बिकेन ।

मेरा यी कबिताले न त
न्यायको ढोका खोल्यो,
मेरा यी कविताले न त
सिङ्गो आवाज बोल्यो
मात्र सालिकझै अडेर
हिंस्रक देश हे-यो
हिंस्रक भावना बे-यो
न्याय छाडी अन्याय रोज्यो
सबैतिर अशान्ति खोज्यो
यसका अलावा
अरु रोज्ने र खोज्ने गरेन
त्यसैले,
म चहारेँ / यस अर्थहीन कविता बिकाउन
तर अँह,
पटक्कै मेरो यो कविता बिकेन

मुन्नीको लसुनको भाउ भन्दा
मोहमद को व्याज भन्दा
अनि
रामवीरको आलुको भाउ भन्दा
निक्कै सस्तोमा बेच्न खोजेँ-कविता
तर अँह पटक्कै बिकेन
मेरो कविता ।

म, मेरो कवितालाई चरम स्थानमा पु-याउन खोज्थेँ
तर
मेरो यो मननै मैलो कविता तल्लो शिविरवाट
माथि उक्लनै चाहेन
मेरो कवितालाई विद्रोहीका विरुद्ध
विद्रोह गर्न निकाले
तर, आर्श्चर्य !
मेरो कविता आफैँमा विद्रोही भएर निस्क्यो ।
नमिता, सुनिता जस्ताको अस्मिता जोगाउनका लागि
कविता निकालेँ
तर, मेरो कविता मेरै विपक्षमा
अस्मिता लुटाउनका लागि निस्क्यो
त्यसलाई धेरै सिकाउन खोजेँ
तर यसले केही सिकेन
त्यसैले, अब आफ्नै कवितालाई सधैँका लागि
बन्द गर्न,
आफैमा मैले हार खाएर
यसलाई माया मारेर सस्तोमा बिकाउन खोजेँ
तर अहँ पटक्कै मेरो कविता बिकेन ।

गजल - मनोज काफ्ले

      गजल
                     - मनोज काफ्ले
                       ११ 'एफ'

मायाको त्यो भिक्षा माग्न, तिम्रो सामु आउँदै थिएँ,
चरीसँगै बसन्तका, तिम्रै गित गाउँदै थिए ।

सुख आफ्नो साट्नलाई गोधुलीले सन्ध्या खोज्दा
धरती शीतल छर्न, जून बनी छाउँदै थिएँ ।

ओठबाट हाँसो हाँस्दै, स्वर्गभित्र तिमी रम्दा
पापी बनी नरकमा, यातना पो पाउँदै थिएँ ।

सुकिलो त्यो मनभित्र, कालो बादल छाइसकेछ
तिमी मेरो नभए'नि, म त माया लाउँदै थिएँ ।

संसारको जल भण्डार, खडेरीले खाइसकेछ
तिर्खा लिई सागरमा, अविच्छिन्न धाउँदै थिएँ ।

गजल - जीवन कूमार राई

      गजल
                     - जीवन कूमार राई
                       ११ 'डि'

गाऊ गीत कोइली तिमी मुनाँल नाच्नुपर्छ,
फरफराऊ चन्द्र सुर्य हिमाल हाँस्नुपर्छ ।

अत्यचार र हत्या, हिँसा भाछ धेरै यहाँ,
निरङ्कुश र कुरीतिको जरै मास्नुपर्छ ।

पुर्खाहरुको इज्जत, इमान धुलो बनिदै छ,
संस्कृति र सम्पदाको चिनो साँच्नुपर्छ ।

को मधेशी ? को पहाडी ? सब एक सन्तान,
आखिर सब मानव हुन् मिली बाँच्नुपर्छ।

हाम्रो देश हाम्रै माटो आफ्नै पहिचान छ,
युद्ध, पीडा, हड्ताल हैन विकाशमा लाग्नुपर्छ ।

Leave Your Comments
Your Name
Your E-mail Address
Writer's Name
Comments
Image Verification
Please enter the text from the image
[ Refresh Image ]

Top Navigation